Wednesday, January 18, 2017

दीपकराज गिरी भन्छन-यूरोप यात्रा: ‘म ताक्छु मुडो, मुडो ताक्छ घुडो’ जस्तै भयो (भिडियो सहित)



काठमाडौं, ५ माघ । महिला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रले मल्टिप्लेक्सहरूमा सय दिन मनाएर नयाँ रेकर्ड पनि कायम गर्यो चलचित्रछक्का पञ्जाले । चलचित्र राम्रो भएको समीक्षा आएपछि दर्शकहरू हलमा ओइरिए अनि फिल्म सुपरहिट हुन पुगेता पनि तर केही समयदेखि नेपाली चलचित्र बजारमा कुनै न कुनै माध्यमबाट चर्चा कमाइरहेको छ ।



यसै सन्दर्भमा चलचित्र प्रदर्शनको लागि भन्दै झण्डै एक महिनाको समय लिएर यूरोप टुरमा उडेका दीपक र दीपा समय अवधि नसकिदै नेपाल फर्कदै छन् । जानकारी अनुसार बुधबार नेपाल फर्कने भएका छन् ।


चलचित्र पाइरेसी भएपछि यूरोपमा बस्नुको अर्थ नभएको र पाइरेसी कर्ताले गरेको आत्महत्याले यूरोप यात्रा झनै खल्लो भएको भन्दै दीपक र दीपा नेपाल फर्कन लागेका हुन् ।चलचित्र छक्का पञ्जा पाईरेसी गर्ने युवाले आत्महत्या गरेपछि अहिले सामाजिक संजाल फेसबुकमा धेरैको गाली खाईरहेको दिपकले बताए । ८० प्रतिशत फेक आईडीबाट आफूले गाली खाएको दीपकले सोमबार स्पेनको बार्सीलोनामा आयोजित एक कार्यक्रममा बताएका छन् । अरुले गाली गरेपनि आफ्ना फ्यानहरु भने आफ्नो सपोर्टमा भएको दीपकको भनाई छ । नवल परासीका कृष्ण सुवेदीले चावहिलस्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । दीपकलाई छक्का पञ्जा पाईरेसी गरेका कारण कृष्णलाई टर्चर दिएको र बारम्बार आएको टर्चर सहन नसकेर आत्महत्या गरेको आरोप कृष्णको परिवार र आफन्तले लगाएका छन् । घटनाले मर्माहत भएका दीपकले नेपाल आएपछि सुवेदीको परिवालाई भेट्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘एक हप्ता देखि म युरोप मा नै थिएँ । कल डिटेल त हुन्छ नी फोन गरेको पनि । त्यो देखार्ई दिनुहोस् म सजाय भोग्छु’ । दीपकले भिडियोमा भनेका छन् । पाइरेसी प्रकरणबारे दीपकले भनेका छन्,भाइहरुको जिन्दगी बर्बाद हुन्छ, साइवर क्राइममा परेपनि उनीहरु विदेश जान पाउँदैनन् भनेर हामीले अलि सचेत बनाएर उनीहरुलाई छाडिदियौं । तर, म ताक्छु मुडो, मुडो ताक्छ घुडो जस्तै भयो । भन्दै दु:ख व्यक्त गरे । - See more at: http://www.lightnepal.com/71033/#sthash.7dYSywII.Pyhzfyak.dpuf

No comments:

Post a Comment