Wednesday, January 18, 2017

कानपुर रेल आक्रमण नेपालीको योजनामा भएको खुलासा !



काठमाडौं, ५ माघ । नेपालीको योजनामा कानपुर रेल आक्रमण भएको खुलासा भएको छ । बिहार पुलिसले २० नोभेम्बरमा १५० जनाको ज्यान जाने गरी कानपुरको पुखराया भएको रेल दुर्घटना नेपालीको योजनामा आईएसको आक्रमणबाट भएको दाबी गरेको हो ।

मोतिहारीका एसपी जितेन्द्र राणालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार रेल आक्रमणमा संलग्न तीनजना अभियुक्तको बयानपछि आईएसले आक्रमण गरेको रहस्य खुलेको हो । पक्राउ परेकाहरुसँगको लामो बयान र अनुसन्धानपछि कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबईमा बस्दै आएका नेपालका कारोबारी शम्शुल होदा रहेको बिहार प्रहरीले निचोड निकालेको छ ।


नेपालका कारोबारी शम्शुलले नै यो आक्रमणका लागि उनीहरुलाई लगानी गरेको दाबी भारतीय प्रहरीले गरेको छ । अनुसन्धानपछि खुलेको विवरण अनुसार नेपालका यी कारोबारीले आईएआईलाई पनि लगानी गरिरहेको दाबी भारतीय पक्षको छ । २० नोभेम्बर २०१६ मा भएको कानपुर रेल दुर्घटनामा पटना–इन्दौर एक्स्प्रेस लीकबाट उत्रिँदा कम्तिमा पनि १५० जनाले ज्यान गुमाएका थिए ।

राणाले बताए अनुसार मोती पासवानसहित तीन आरोपीले कानपुर रेल दुर्घटनासँग जोडिएका कयौँ ठूला तथ्यको खुलासा गरेका छन् । एसपी राणाले भनेका छन, ‘शम्शुलले नेपालकै अर्का बृजकिशोर गिरी अर्थात बाबामार्फत कानपुर रेल आक्रमणको योजना बनाएका थिए ।’

मोतीले पुलिससँगको बयानमा भनेका छन, ‘पुखराया नजिकै रेलवे ट्रयाकलाई बम लगाएर उडाइदिएका थिए । यसका कारण २० नोभेम्बरको बिहानै पटना–इन्दौर एक्सप्रेस पुखराया नजिकै दुर्घटनाको शिकार भएको थियो ।’
एसपी मोदीका अनुसार यस घटनाका मूख्य योजनाकर्ता शम्शुलका भतिजा जियाउल हक र अन्य एकजना पनि सहभागी थिए ।

उनीहरुसँगै राकेश यादव, गजेन्द्र यादव र बृजकिशोर गिरीका साथै अन्य दुईजना पूर्वी चम्पारणबाट गएका थिए । यही समूहले पूर्वी चम्पारणको घोडासहनमा पनि अक्टोबरमा पनि घरेलु विस्फोटक पदार्थ लगाएर रेललाई उडाउने योजना बनाइएको थियो ।

यस मामिलामा अहिलेसम्म ८ जना गिरफ्तार भइसकेका छन् । यिनमा मोती पासवान, मुकेश यादव र उमाशंकर पटेल पूर्वी चम्पारणका घोडासहन निवासी हुन् । बृजकिशोर, मुजाहिर अन्सारी र शम्भु गिरीलाई नेपालबाट पक्राउ गरिएको हो । जुबैर र जियाउललाई भारतीय प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो ।

गजेन्द्र शर्मा र राकेश यादवको खोजी भइरहेको छ । घोडासहनबाट २५ डिसेम्बरमा अरुण राम र दीपक राम वेपत्ता भएका थिए । २८ डिसेम्बरमा उनीहरुको नेपालको बारा जिल्लास्थित जंगलमा यी दुबैको हत्या भएको खुल्न आएको छ ।

No comments:

Post a Comment