
इजरायल – इजरायलमा रहेको नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरुका लागि हुण्डी मार्फत पैसा नपठाउन आग्रह गर्दै विज्ञप्ति निकालेको छ । इजरायल बाट हुण्डी मार्फत पैसा पठाएको थाहा हुन् आएको कारण यस्तो बिज्ञप्ति जारि गरेको हो।
इजरायलमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा जस्ताको तस्तै :
इजरायल तथा यस दूतावासको कार्यक्षेत्रभित्र पर्ने साइप्रस भिभिन्न पेशामा आबद्द रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफुले बिदेशमा रहदाँ दुख कस्टले आर्जन गर्नुभएको रकम हुण्डी मार्फत नेपाल पठाउने गरेको बुझिन आएकोले यसरि हुण्डीमार्फत रकम पठाउनु गैर कानुनि कार्य भएको र पछि जानकारी भएमा कानुनि दायरामा समेत आउँन सक्ने भएकोले हुण्डी मार्फत कारोबार नगर्न नगराउन हुन् र नेपाल रकम पठाउदा बैधानिक रुपमा बैकिंङ च्यानलको माध्यमबाट मात्र कारोबार गर्न गराउन हुन् यो सुचना जारि गरिएको छ ।
नेपाली राजदूतावास तेल अवीव
१६ जनवरी २०१७

No comments:
Post a Comment