Wednesday, January 18, 2017

ट्याक्सी चालको अनुभव : केटीहरूले ‘खर्च गर्छु जाऊँ रमाइलो गरौँ’ भन्छन् - See more at:

newsabhiyan

कतिपयले ‘जाऊँ रमाइलो गरौँ, सबै खर्च म गर्छु’ पनि भन्थे । त्यसो भन्नेमा विवाहित बढी हुन्थे । २०–२२ वर्षका युवतीले पनि यस्तो प्रस्ताव राख्थे । ५–७ जनाले त्यस्तो प्रस्ताव राखेका छन् ।

कति भयो ट्याक्सी चलाउन थालेको ?
०६६ देखि ट्याक्सी चलाउन थालेको हुँ । म कलंकीमा बस्ने भएकाले त्यही क्षेत्रमा बढी चलाउँछु । काम पर्‍यो भने उपत्यकाभरि नै चलाउँछु ।


पढाइ कति छ ?
एसएलसी दिएर काठमाडौं आएँ । प्लस टु पढ्न भनेर कलेज त गइयो, तर क्लियर गर्न सकिएन ।

भनेपछि पढाइ छोडेर ट्याक्सी ड्राइभर बनियो !
म भर्ती हुन भनेर अर्घाखाँचीबाट काठमाडौं आएँ । कलेज पनि गइरहन्थेँ । त्यतिवेला दाइले काठमाडौंमा ‘नाइट ट्याक्सी’ चलाउनुहुन्थ्यो । सधैँ घरमा आएर पैसा गन्नुहुन्थ्यो । उहाँको कमाइ देखेर मलाई कलेज जानभन्दा पनि ड्राइभर बन्न रहर लाग्यो । अनि दाइलाई भनेँ, ‘म पनि ड्राइभिङ सिक्छु ।’ दाइको सल्लाहअनुसार तिनकुनेमा गएर ड्राइभिङ सिकेँ, अनि दाइकै ट्याक्सीमा हिँड्न थालेँ । त्यसपछि त दुई भाइले दुईवटा ट्याक्सी हाँक्न थाल्यौँ ।

अहिले कति वर्षको हुनुभयो ?
२७ वर्षको भएँ ।

ट्याक्सी आफ्नै हो कि साहुको ?
अहिले आफ्नै बनाएको छु । २२ लाख रुपैयाँमा किनेको हुँ । अहिलेसम्मको कमाइ यही हो ।

तपाईं त युवा मान्छे, विदेशको लत लागेन ?
पहिले–पहिले एकपटक त विदेश जानुपर्छ भन्ने लाग्थ्यो । जब विदेशमा गएकाहरूको दुःख, उहाँहरूले भोग्नुभएको कष्टका कुराहरू सुनेँ त्यसपछि विदेश जान मन नै लागेन । जे गरे पनि नेपालमै ठीक छ भन्ने लाग्यो । ट्याक्सी चलाउन छाडे पनि विदेश भने जान्नँ । बरु अर्को कुनै व्यवसाय गरेर बस्छु ।

ड्राइभरलाई कस्तो व्यवहार गर्छन् त ?
ट्राफिकदेखि सर्वसाधारणसम्मले रातो प्लेट र कालो प्लेटवालालाई छुट्टाछुट्टै व्यवहार गर्छन् । म कहिलेकाहीँ रातो प्लेट राखेर पनि हिँड्छु । त्यतिवेला ट्राफिकले पनि सम्मानजनक व्यवहार गर्नुहुन्छ । तर, कालो प्लेट देख्यो कि हेपिहाल्नुहुन्छ । सीधै ‘तँ’ भनेर अपमानजनक व्यवहार गर्नुहुन्छ, थर्काउनुहुन्छ । सबैलाई सम्मानजनक व्यवहार गर्दिए हुन्थ्यो भन्ने लाग्छ ।

ट्याक्सी चलाउन दिन नै किन रोज्नुभयो ?
दिनमा जाम र ट्राफिकको झमेला त हुन्छ । तर, रातमा जस्तो रिस्क हुँदैन भनेर दिनमा ट्याक्सी चलाउँछु ।

ट्राफिक कारबाहीमा कत्तिको पर्नुभएको छ ?
‘रङ पार्किङ’मा दुई–तीनपटक परेको छु । तर, काठमाडौंमा पार्किङको ठूलो समस्या छ । ट्याक्सी ड्राइभरले ठगी गरेर कमायो भन्नेजस्ता झुटा खबर बाहिर आइरहन्छन् । तर, यहाँनेर ट्याक्सीको पार्किङ बनाइयो भनेर कहिल्यै आउँदैन ।

बिहे गर्नुभयो कि छैन ?
बिहे गरेको भर्खर दुई महिना भयो । मागीविवाह गरेको हुँ ।

श्रीमतीले तपाईंको पेसालाई कसरी लिनुहुन्छ ?
राम्रै भन्छिन् । कुनै गुनासो छैन । आफू सही बाटोमा हुनुपर्‍यो सबै ठीक लाग्छ ।

गर्लफ्रेन्ड थिएनन् र ?
लभ गरिएन ।

कसैको प्रपोज आएन ?
यो लाइनमा हिँडेपछि अनेक कुरा भोगिँदोरहेछ ।

भनेपछि केटीहरूले मरिहत्ते गर्थे ?
त्यस्ता केटीहरू त भेटिइहाल्छन् नि । तर, मैले वास्ता गरिनँ । कतिपयले ‘जाऊँ रमाइलो गरौँ, सबै खर्च म गर्छु’ पनि भन्थे । त्यसो भन्नेमा विवाहित बढी हुन्थे । २०–२२ वर्षका युवतीले पनि यस्तो प्रस्ताव राख्थे । ५–७ जनाले त्यस्तो प्रस्ताव राखे । -नयाँ पत्रिका दैनिकबाट







No comments:

Post a Comment